logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं टेकुको एक गोदाममा आगलागी


अंकुरण खबर
2.171K
Shares

काठमाडौं – काठमाडौंको टेकुमा एक मार्बल तथा स्यानीटरी सामग्रीको गोदाममा आज (बुधबार) बिहान आगलागी भएको छ ।

महानगरपालिकाको वडा नम्बर १२ टेकुस्थित प्रशन्नरत्न ताम्राकारको घरमा रहेको सञ्जिव गोयलको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टामा पाँच वटा दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । विद्युत सट भएर आगो लागेको हुनसक्ने अनुमान गरेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।