logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त आईजीपी ज्ञवालीले लगाए फुली


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्जयानी चिह्न ग्रहण गरेका छन् ।

गृह मन्त्रालयमा बुधबार बिहान आयोजित औपचारिक समारोहका बीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्जयानी चिह्न प्रदान गरेका हुन् ।

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेका थियो ।

ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ। आईजीपी सर्वेन्द्र खनालको अवकास प्राप्त भएसँगै ज्ञवाली २७ औं नयाँ आईजीपी बनेका हुन् ।

नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्जयानी चिह्न प्रदान गर्ने परम्परा रहेको छ ।