logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिकोणात्मक सिरिज : अमेरिकासँग नेपाल ८ विकेटले विजयी


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको आज भएको खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले अविजित १५, पारस खड्काले अविजित २० रन र ज्ञानेन्द्र मल्लले १ रन बनाए भने सुवास खकुरेल शून्यमा आउट भए । सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिए ।

अमेरिकाका केन्जिगेले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटिएको थियो ।

अमेरिकाका लागि जाभियर मार्सलले १६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो ।

दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।