logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो सुनचाँदीको भाउ, हेर्नुहोस् कति पुग्यो?


अंकुरण खबर
1.339K
Shares

काठमाडौं आज सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर ७५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलामा ७५ हजार ९ सय रुपैयँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ७५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।