logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक करोड बराबरको सुनसहित तीन जना पक्राउ


अंकुरण खबर
767
Shares

प्रहरीले करिब १ करोड बराबरको सुनसहित तीन जना पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको ललितपुर टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरुलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना भारतीय नागरिक हुन् । उनीहरुले ललितपुरको एक सुन पसल लुटेर भागेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुको नाम खुल्न बाँकी छ । अन्य केही अझै फरार रहेका र यसबारे प्रहरीले अनुसन्धान पछि सार्वजनिक गर्ने तयारी गरेको छ ।