logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दिपले गौतम बुद्ध रंगशालालाई ७० हजार सहयोग गर्ने


अंकुरण खबर
585
Shares

चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई क्रिकेटर सन्दिप लामिछानेले ७० हजार ७ सय ४८ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

सन्दिपले नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक लिगमा प्रत्येक विकेट बराबर रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए । घोषणाअनुसार सन्दिपले गर्ने सहयोग रकम ७० हजार ७ सय ४८ पुगेको हो ।

माघ २२ देखि २९ आजसम्म काठमाडौंमा भएको त्रिकोणात्मक लिगमा सन्दिपले ८ विकेट लिएका छन् ।

गत वर्षबाट निर्माण सुरु गरिएको रंगशाला धुर्मुस सुन्तलीको अगुवाइमा निर्माण भइरहेको छ ।