नव नियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् ।
गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उनले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गरेका हुन् । उनलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए ।
सोही क्रममा उनले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नाका साथै अमर प्रहरी स्मारकमा पुष्पहार र अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्रिपरिषद्को मंगलबारको निर्णयले उनलाई आजदेखि लागू हुनेगरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उनको कार्यकाल जम्मा पाँच महिनाको छ ।
आइजीपी ज्ञवाली जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारीप्रति पूर्णरुपमा जवाफदेही रहने र कुनै प्रकारको गैरव्यावसायिक आचरणलाई पूर्णतः निर्मूल गर्ने तथा गृह मन्त्रालयले तयार गरेको मार्गदर्शनमा रही गृह प्रसाशन मातहतको उत्कृष्ट नमुना संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका
उनले जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलका साथ कर्तव्य पथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सम्पूर्ण सदस्यहरु प्रतिवद्ध रहेको समेत बताए ।