logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार अंकले बढ्यो नेप्से


अंकुरण खबर
598
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्स) बुधबार सामान्य अंकको सुधार आएको छ । नेप्से परिसुचक चार दशमलब ६० अंकले बढेर एक हजार ३४५ दशमलब ९७ बिन्दु कायम भएको छ भने कारोबार रकम एक अर्ब ५० करोड ९७ लाख रुपियाँ बराबरको भएको छ ।

आज धेरै कारोबार गर्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । जसको कारोबार नौ करोड ८९ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार नौ करोड ६८ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने बैंकिङ, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । निर्जीवन बीमा समूह, अन्य र व्यापार समूहको सूचकमा एक प्रतिशतभनदा धेरैको सुधार आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको सुधारले सेयर बजारमा हरियाली छाएको छ ।

आज धेरै फाइदा खानेमा सेन्ट्रल फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ९३ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा ज्योति विकास बैंकका लगानीकर्ता रहेका छन् । बैंक चार दशमलब १० प्रतिशतले घाटामा गएको छ ।