logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा रहेका नेपालीलाई दूतावासले भन्यो-उद्धारका लागि तयार हुनु


अंकुरण खबर
884
Shares

चीनको बेइजिङस्थित नेपाली दूतावासले कोरोनाभाइरस प्रभावित हुबेइमा रहेका नेपालीलाई स्वदेश फर्कन चाहने हो भने तयार रहन भनेको छ ।

दूतावासले हुबेइमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको बीबीसीले जनाएको छ । उक्त सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन भनिएको छ ।

चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोनाभाइरसबाट प्रभावित हुबेइमा रहेका झन्डै दुई सय नेपालीहरूको उद्धारका लागि अन्य व्यवस्थापन गरिने दूतावासले जनाएको छ।दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले हुबेमा रहेका नेपालीहरूलाई वीच्याटमार्फत् सन्देश पठाउँदै त्यस्तो जानकारी गराएका बीबीसीले उल्लेख गरेको छ ।

यसअघि चिनियाँहरूले तीन दिनजतिको समय राखेर पूर्वजानकारी दिनुपर्ने भनेको भए पनि अहिले दुई दिनमै उद्धारका लागि सबै कुरा सम्पन्न गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनले भने, “अब हामीले चाँडै अनुमति पाएर शनिवारसम्म नेपालीहरूको उद्धार गरिसक्छौँ भनी तयारी गरेर बसेका छौँ।“नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका लम्सालले बताएका बीबीसीले जनाएको छ ।