काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले आज विभिन्न कार्यक्रम गरी ‘जनयुद्ध’ दिवस मनाउँदै छ।
यसै क्रममा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना भइरहेको हो ।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु उपस्थित भएका थिए । तर पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली अनुपस्थित रहेका छन् । यसअघि ओली पनि जनयुद्ध दिवसको कार्यक्रममा सहभागि हुने बताइएपनि अन्तिम समयमा आएर उनी अनुपस्थित भएका हुन ।
तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको अवसर पारेर नेकपाले श्रद्धाञ्जली सभा आयोजना गरेको हो। तत्कालीन नेकपा एमाले र जनयुद्धको नेतृत्व गरेको माओवादीबीच पार्टी एकता भएर नेकपा गठन भएको छ।
तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको अवसर पारेर फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको थियो भने पार्टी एकतापछि शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गर्न थालिएको हो।