काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबार छापावाला सुन तोलामा ३ सयले बढेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।