logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सडक दुर्घटना : अब रहिनन् नायिका महिमा र उनकी बहिनी


अंकुरण खबर
962
Shares

काठमाडौं – नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको दुर्घटनामा परेर मृत्यु भएको छ।

धादिङको गजुरी गाउँपालिका–२, चाम्बासमा बुधबार साँझ बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार सिलवाल दिदी–बहिनीको मृत्यु भएको हो।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र बा ९८ प ७०५८ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ। अहिले अभिनेत्री महिमाको पार्थिव शरीर गजुरीमा र सर्मिलाको ट्रमा सेन्टरमा राखिएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

को हुन महिमा?

महिमाको घर चितवन हो । उनीहरु चितवनको गीतानगर निवासी हुन्। उनीहरु स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए । नायिका महिमा सिलवालकी बहिनी सर्मिलाको उपचारका लागि काठमाडौंबाट फर्कने क्रममा बाटोमा नै निधन भएको हो।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी नायिका महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।