logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्माणस्थलमा पुरिएर कुवेतमा ४ नेपालीको मृत्यु, ३ वेपत्ता (भिडियोसहित)


अंकुरण खबर
1.742K
Shares

कुवेतको अल-मुत्ला क्षेत्रको निर्माणस्थलमा पुरिएर ४ जना नेपालीको ज्यान गएको छ भने ३ वेपत्ता भएका छन्।

निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान अरब टाइम्सले जनाएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन् भने ३ वेपत्ता रहेको समाचारमा उल्लेख छ। घटनामा ज्यान गुमाउने, वेपत्ता र घाइते नेपालीको पहिचान भने भएको छैन्।

ढिस्कोमा पुरिएर घाइतेलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको बताइएको छ। ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन्।

निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

https://youtu.be/YCaeGhjONIU