विभिन्न लागूऔषध सहित यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्कीलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री, ओसारपसार, सञ्चय तथा सेवन समेत गर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो।
कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।