logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामुदायिक रेडियोले जनतालाई सूसुचित गर्न महत्वपूर्ण भूमिका खेलेको : पूर्वप्रधानमन्त्री खनाल


अंकुरण खबर
1.105K
Shares

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्ना हक अधिकारका विषयमा जनतालाई सूसुचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

नवौँ विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रममा खनालले सूचना, समानता, लोकतान्त्रिक हकको रक्षा तथा संवद्र्धृन गर्न रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । कार्यक्रममा नेता खलानले राष्ट्रियता मजबुत पार्दै देशभक्तिको भावना विकास गर्न पनि सामूदायिक रेडियो भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा दण्डहिनता बढेको बताएका छन् । आइपुग्दा समेत पदाधिकारी चयनमै विवाद रहेको बताए । त्यस्तै नेपाली काँग्रेसकी नेतृ पुष्पा भूसालले महिला, दलित जनजाति, पिछडिएका समूदायका अधिकार संविधानमा उल्लेख भएपनि व्यवहारमा लागू हुन नसकेको बताइन् । यस्ता कुराको संरक्षण गर्न सामूदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने उनको तर्क थियो ।