logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा गिरावट


अंकुरण खबर
1.066K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पाचौँ दिन आज बिहीबार सामान्य गिरावट आएको छ ।

नेप्से परिसूचक आज १ दशमलव ३९ अंकले घटेर १ हजार ३ सय ४४ दशमलव ५९ बिन्दुमा थामिएको छ भने १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ को कारोबार भएको छ ।

आज धेरै नाफा गर्नेमा व्यापार समूहका लगानीकर्ता अगाडि छन् । यो समूहको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ भने बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ८७ प्रतिशतले घटेको छ । लघुवित्त र जीवन बीमा समूहका सुचक एक प्रतिशतभन्दा बढिले बढेका छन् ।

हिमालयन डिष्ट्रिलरीको आज एकै दिन झण्डै १२ करोड रुपियाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै शिवम सिमेन्टको नौ करोड ५९ लाख रुपियाँको सेयर किनबेच भयो । आजै हिमालयन डिष्ट्रिलरीको सेयर एकै दिन १२२ रुपियाँले बढेको छ ।