logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा विशेष सम्बोधन गर्ने


अंकुरण खबर
728
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकको शुरूमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा मन्तव्य दिने भएका हुन् ।

बैठक कार्यसूचीको सम्भावित कार्यक्रमका प्रधानमन्त्री ओलीले शुरुमा नै सम्बोधन गर्ने भनिएको छ । सम्बोधन मार्फत प्रधामनन्त्री ओलीले सरकारको दुई वर्षे उपलब्धि बारे जानकारी गराउने छन् । प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन प्रतिपक्षी दलका नेता समेत बैठकमा उपस्थित हुने संसदीय परम्परा रहेको छ ।

ओली प्रधानमन्त्री निर्वाचित भएको आगामी शनिवार दुई वर्ष पूरा हुँदैछ ।