logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेम प्रस्ताव अस्वीकारपछि प्रहरी जवानले आफैलाई हाने गोली


अंकुरण खबर
689
Shares

प्रेम प्रस्ताव अस्वीकार भएपछि एक प्रहरी जवानले आज आफैलाई गोली हानेको बताइएको छ ।

महोत्तरी घर भई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले सहकर्मी महिला प्रहरीलाई प्रेम प्रस्वाव राखेको र सहकर्मीले प्रस्ताव अस्वीकार गरेपछि आफ्नै पेटमा गोली हानेको बताइएको छ।

गम्भीर घाइते भएका उनको सिन्धुलीमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।