logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिलिप हत्या प्रकरण : तीन जना पुर्पक्षका लागि जेल चलान


अंकुरण खबर
975
Shares

अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका दिलिप महतोको हत्यामा संलग्न ६ जना आरोपीमध्ये ३ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले हत्यामा संलग्न टिपर चालक मुनिन्द्र महतो, लोडर रञ्जित भनिने जितेन्द्रकुमार महतो र क्रसर सञ्चालक विपिनकुमार महतोलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको हो ।

मिथिला नगरपालिकामा टिपरले किचेर हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका थिए । अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी पुर्पक्ष गर्न आदेश गरेको छ ।

आदेशमा दिलिप महतोको हत्याको क्रममा वारदातमा प्रयोग भएको टिपर, बरामद सामानले समेत हत्यामा संलग्न पुष्टि भएको जनाउँदै पुर्पक्षका लागि कारागार चलान गर्न भनिएको छ ।

अन्य अभियुक्त दिलीपका साथी रोशनकुमार यादव, सह–अभियुक्त मजदुर जितेन्द्र भनिने सत्यनारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई २५–२५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।