logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


अंकुरण खबर
806
Shares

काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका–३ नमूना बस्तीबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।