काठमाडौं – प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ ।
नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको छ ।
आजको प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो । तर नेपाली कांग्रेसले शोकका कारण सदन स्थगित गर्न माग गरेको थियो ।
आजको बैठक स्थगित हुने भएपछि प्रधानमन्त्रीले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ ।