logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको नयाँ बसपार्कबाट सुनसहित तीन पक्राउ


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय न्हुछेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरु सवार बा १ य १०१२ नम्बरको पर्यटक ट्याक्सीमा जाँच गर्ने क्रममा ट्याक्सीमा लुकाई छिपाई राखेको करिब १ सय ५० ग्राम सुनसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।