logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बञ्‍चरो प्रहारबाट आफ्नै छोरीको हत्या


अंकुरण खबर
988
Shares

मादक पदार्थ सेवन गरेका बुबाले बञ्‍चरो प्रहार गरी आफ्नै छोरीको हत्या गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने ४६ वर्षीय भीमबहादुर ठटालले २६ वर्षीय छोरी रेखाको हत्या गरेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरी कायार्कालयका अनुसार मादक पदार्थ सेवन गरी घर पुगेका बुबा भीमबहादुर र (झडकेलो) छोरी रेखा बिच घरायसी विवाद भएको थियो । विवादकै क्रममा बुबा भीमबहादुरले बिहीबार राति साढे ८ बजेको समयमा बञ्‍चरोको विडले छोरी रेखाको टाउको प्रहार गरेका थिए ।

बुबाको कुटाइबाट गम्भीर घाइते भएकी रहेको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो।

घटनापश्चात् प्रहरीले बुबा भीमबहादुरलाई नियन्त्रणमा लिएको छ ।