logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिपको ठक्करबाट असईको मृत्यु


अंकुरण खबर
936
Shares

काठमाडौं – काभ्रेको बनेपामा जिपको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।