चीनको हुबेई प्रान्तमा रहेका नेपालीको उद्धार गर्न आज जहाज चीन जाने भएको छ । कोरोना भाइरसको त्रासले स्वदेश आउन चाहेका एक सय ८५ नागरिसक लिन सरकारले विशेष तालिमप्राप्त टोलीलाई शनिबार जहाजसहित चीनको हुबेई प्रान्तको वुहान सहर पठाउन लागेको हो ।
नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ ।
साँझ ६ः४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं फर्किने छ । नेपाली समयअनुसार आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।
जहाजमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।