logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण ओलम्पिक रोकिदैन् : जापान


अंकुरण खबर
1.04K
Shares

कोरोना भाइरसका कारण जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित हुने हल्ला आई रहेको बेला खेल स्थगित नहुने जापानले प्रष्ट पारेको छ ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले प्रतिगोगिता भाँडिएको सूचना बाहिररहँदा जापानले ओलम्पिकलाई कोरोनाले कुनै असर नगर्ने जनाएको हो ।

जापानका पूर्वप्रधानमन्त्री समेत रहेका ओलम्पिक प्रतियोगिता आयोजक समितिका अध्यक्ष योशिरो मोरीले मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिनको छलफल सुरु भइसकेको जानकारी समेत दिए ।

हरेक चार चार वर्षमा हुने ओलम्पिक प्रतियोगिता आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुँदैछ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने २ सय ४८ जना सङ्क्रमित भएका छन ।