मन्त्रीकै २ वटा गाडीको नम्बर प्लेट एउटै भएपछि अहिले सामाजिक सञ्चाल तातेको छ । सामान्यतया चोरी तथा आपराधिक क्रियाकलापमा सवारी साधानमा एउटै नम्वर प्लेट हुने गरेको भन्दै विभिन्न ट्राफिक प्रहरीले समाते पनि मन्त्रीकै गाडीमा यस्तो भेटिए पछि यो अहिले सामाजिक सञ्जालमा भाइर भएको हो ।
सरकारी गाडी एउटै नम्बर प्लेटको रहेको भन्दै पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।
पार्किङ गरी राखिएका दुई वटै गाडीको नम्बर प्लेटमा बा २ झ ३५३२ रहेको छ । यस कुराले पनि सरकारी संक्रन्त्रमा लाप्रवाही कत्ति हुन्छ भन्ने कुरा उदाङ्गो बनाएको छ ।