जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज मुलुकका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैबाट बदली भएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०४ गते
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ।
फागुन ०५ गते
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ०६ गते
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।