logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा


अंकुरण खबर
1.495K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा गएका छन् ।

प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागि हुन साढे चार महिनापछि गृहजिल्ला पुगेका हुन् ।

उनले आज दमक-रबी चिसापानी सडकको शिलान्यास, झापा–मोरङ जोड्ने मावा खोलाको पुल उद्घाटन, दमक कृष्णमन्दिरबाट ढुकुरपानी जाने सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै संघीय संसद विकास कार्यक्रम र दमक नगरपालिकको संयुक्त प्रयासमा भएको गरिब आवास कार्यक्रम अन्तर्गत बनेका २५ वटा घरको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम पछि ओली आज नै काठमाडौं फर्किने जनाइएको छ ।