logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
689
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ७६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।