logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महराको अन्तिम सुनुवाइ आज, फैसला आजै आउने सम्भावना


अंकुरण खबर
780
Shares

बलात्कारको अभियोग लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको आज ९आइतबार० अन्तिम सुनुवाइ शुरु भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ शुरु भएको हो ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आजै फैसला आउन सक्ने जानकारी दिए । यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरेको हो ।