पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
जनकपुरबाट भैरहवातर्फ आइरहेको लु१ख ७१०८ नम्बरको बसले सोही दिशाबाट आइरहेको ना६ख ३४३४ नम्बरको ट्रकलाई गएराति ठक्कर दिएको हो ।
घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुवै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।