logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा १९.३९ अंकको उछाल


अंकुरण खबर
806
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आईतबार आज नेप्से १९ दशमलव ३९ प्रतिशतले बढेर १ हजार ३ सय ६३ दशमलब ९७ बिन्दुमा पुगेको छ भने कारोबार १ अर्ब ९७ करोड ८१ लाख ८ हजार ७०१ भएको छ ।

विशेषगरी बीमा कम्पनीहरुको सेयरमा उछाल आउँदा नेप्सेमा उत्साहजनक सुधार देखिएको हो । निर्जीवन बीमा समूहको सुचक छ दशमलव ६७ प्रतिशतले बढेको छ भने जीवन बीमा समूहको सुचक पाँच दशमलव २२ प्रतिशतले बढेको छ । उत्पादनमूलक र लघुवित्त समूहका सुचकहरुको वृद्धि दुई प्रतिशतभन्दा बढि छ ।

अधिकांश समूहका सुचकहरुमा सुुधार आउँदा पनि वित्त र म्युचुअल फण्डका सुचकहरुमा भने गिरावट देखिएको छ । आज राष्ट्रिय बीमा कम्पनीको साधारण सेयर ८२५ रुपियाँले बढेको छ भने सोही कम्पनीको संस्थापक सेयर ६९० रुपियाँले बढेको छ । प्रतिशतका हिसावले उच्च वृद्धि भने रिदी जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।

आज सेयर बजारमा कुल एक अर्ब ९७ करोड रुपियाँको सेयर किनबेच भएकोमा हिमालयन डिष्ट्रिलरीको १८ करोडको कारोबार छ भने दोस्रोमा शिवम सिमेन्टको १३ करोडको सेयर कारोबार छ ।