logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषाको बिर्तामा आगलागी


अंकुरण खबर
1.066K
Shares

धनुषाको नगराईन नगरपालिका- ७, बिर्तामा भएको आगलागीमा एक गाईको बाछीको मृत्युसँगै करिब ५ लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय रामचन्द्र मण्डलको घरमा भएको सो आगलागीमा गाईको बाछी जलेर मरेको छ भने गाईसमेत घाइते भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ज८प ९१४३ नम्बरको मोटरसाइकल १ थान, साइकल २ थान, पम्पिङ सेट १ थान जलेर करिब ५ लाख रुपैयाबराबरको क्षति भएको छ ।

मण्डलले लामखुट्टे भगाउन बालेको अगेनाबा आगो सल्किन गई आगलागी भएको जिप्रका धनुषाले जनाएको छ । समयमै स्थानीय र सशस्त्र तथा नेपाल प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।