उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारतले आफ्नो नक्सामा राखेको कालापानी क्षेत्रको हवाइ निरीक्षण गरेका छन् ।
त्यस क्षेत्रमा बसी आज स्थलगत निरिक्षण गर्ने भनिए पनि कालापानी क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टर ल्यान्ड हुन नसकेपछि उनले हवाइ निरीक्षण गरेका हुन् । दार्चुलाबाट उनी केहीबेरअघि नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा गएका हुन् ।
भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारत विरुद्धमा प्रदर्शन समेत भएको थियो ।
यसअघि उपप्रधानमन्त्री पोखरेलले नेपालको भूमि एक इञ्च पनि नछाड्ने बताएका थिए ।