logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रम ओलीको गुनासो : सञ्चारमाध्यमले विकास भएको देख्न चाहेनन्


अंकुरण खबर
988
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले विकासका कुरालाई नलेख्ने गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा जमिन मुनी तार बिछ्याउने कामको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले जनतालाई उत्साहित भन्दा निराशा छाउने समाचार लेख्न सञ्चार माध्यम लागिपरेको गुनासो गरे । उनले भने, ‘सञ्चारमाध्यमले विकास भएको लेख्दैनन्, बाँसुरी बजाएको समाचार छाप्छन, बाँसुरी बजाएको फोटो हाल्छन । देशभरका तुइन विस्थापित गर्ने काम भैरहेको छ, दार्चुला पुगेर दुई वटा तुइनको फोटो खिच्छन्, यिनलाई मान्नैपर्छ ।’

केही बुद्धिजीवि र सञ्चारमाध्यमले विकास देख्न नसकेकाले केही गम्भीर प्रकृतिका घटनामा समेत भ्रम फैलिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।