logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले तथ्यपरक ढंगले नतीजामूखी काम गरिरहेको छ : अर्थमन्त्री डा. खतिवडा


अंकुरण खबर
1.287K
Shares

अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारविरुद्ध अनाआवश्यक टिप्पनी गरेको भन्दै पूर्वप्रशासकहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।

सोमबार सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको उद्घाटन गर्दै मन्त्री खतिवडाले हिजो दशकौंसम्म राज्यको नीति निर्माणको तहमा बसेर काम गर्न नसकेकाहरुले आज सरकारको आलोचना गर्नु हास्यस्पद भएको बताएका हुन् ।
कार्यक्रमा उनले भने ‘जुन अनुहारले दशकौं राज्यको नीति निर्माण र प्रशासन चलाउन नेतृत्वमा रहेर भूमिका निर्वाह गरे, उनीहरुबाटै सरकारका दुई वर्षे कामकाजको आलोचना भइरहेको छ । उनीहरुले दशकौं देशको नेतृत्वमा बसेर काम गर्दा पनि औसतः भन्दा काम नै गर्न सकेका थिएनन् ।’

आफ्नो पालामा सिन्को नभाँच्ने र सेवा बाहिर गएपछि मैले के के न गरेँ भन्ने प्रवृत्ति पूर्वप्रशासकहरुमा रहेको अर्थमन्त्रीको आरोप छ । दुई वर्षमा सरकारले अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको भन्दै त्यसलाई तथ्यले नै पुष्टी गर्ने उनले बताए ।

सरकारले मनगढन्ते नभई हरेक कुरा पुरा गर्न सकिने तथ्यपरक ढंगले काम गरिरहेको अर्थ मन्त्री खतिवडाको भनाई थियो ।