वनभोजको विषयलाई लिएर रत्नराज्य क्याम्पस (आरआर) मा आज अनेरास्ववियु र नेविसंघको समूहबीच झडप भएको छ ।
झडपमा केही विद्यार्थी घाइते भएका छन । दुवै पक्षका ६ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
नेविसंघले घटनामा आफ्ना पक्षका सुमन खड्का, अविष्कार पौडेल, कुशल बस्नेत घाइते भएको जनाएको छ ।