logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसदमा प्रस्तुत गर्नु राम्रो : राप्रपा अध्यक्ष थापा


अंकुरण खबर
1.456K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसदमा प्रस्तुत गर्नु राम्रो कुरा भएको बताएका छन् ।

मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई पोखरामा आज सम्बोधन गर्दै त्यो विधेयकले प्रजातन्त्र र संवैधानिक मूल्यलाई कायम गर्न संभवन नभएकाले सुधार गर्नु राम्रो भएको अध्यक्ष थापाको भनाई थियो ।

लोकतन्त्रलाई सुदृढ गराउन र जनताको चेतना स्थर बढाउन सञ्चार क्षेत्रको अहंम भूमिका रहेको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले राप्रपाले विगतको गल्ती र कमजोरीलाई सच्याउँदै आगामी दिनमा देशको प्रमुख शक्तिका रुपमा स्थापित हुने गरी पार्टीका गतिविधि अघि बढाउने बताए ।