logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोदावरीमा घरको छतमा ग्रिनेड बम, नेपाली सेनाद्वारा बम निश्क्रिय


अंकुरण खबर
767
Shares

ललितपुरको गोदावरी नगरापलिका–५ स्थित एक घरमा शक्तिशाली बम भेटिएको छ ।

आज बिहान स्थानीय शुकराम मिजारको घरको छतमा बम भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीबेरअघि उक्त बम निश्क्रिय पारेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

उनका अनुसार यो ग्रिनेड बम हो । बम किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको उनले बताए । घटनास्थलमा कुनै पर्चा फेला नपरेको प्रहरीले जनाएको छ ।