धनुषामा सामूहिक बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे तिर जनकपुरधाम उपमहानगरपालिका ४ विशकर्मा चौक स्थित एक ३२ वर्षीया महिलालाई ३, ४ जनाको समूहले उनकै घरमा बलात्कार गरेका थिए ।
सामुहिक बलात्कार घटनामा संलग्न रहेका आरोपमा महोत्तरी जिल्लाको औरही ७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुबनी जिल्लाको कलुवाही बस्ने ४९ वर्षीय राघवेन्द्र सिंह सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बलात्कृत महिलालाई स्वास्थ्य परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाईएको जिल्ला प्रहरी धनुषाले जानकारी दिएको छ । घटनामा संलग्न अन्य आरोपित हाल फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।