जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा खुमालटार स्थित घर गएका छन् ।
डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका छन् । रिहाइपछि उनलाई स्वागत गर्न कारागार परिसरमा बाल्को शुवेक्षुकको भडि लागेको थियो । हसिलो मुद्रामा देखिएका महरालाई प्रहरीले कडा सुरक्षाबीच निवासतर्फ लगेको हो।
कारागारबाट छुट्नुअघि सम्बोधनका क्रममा महराले आफुले कारागारमा रहुन्जेल पारिवारिक वातावरण पाएको र पछि पनि कैदीहरुलाई सकेको सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । कारागार बसेको १०३ दिन पछि महरा रिहा भएका हुन् ।