logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिनभर देशभरको मौसम कस्तो रहला?


अंकुरण खबर
741
Shares

काठमाडौं – देशभरका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भूभाग नजिक न्यून चापिय क्षेत्रको रहेको मौसमविदले बताएका छन् ।

हाल देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केही क्षेत्रमा तुवालो लागेको छ। अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पहाडी क्षेत्रका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी र मध्य पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।