टिपरले किचेर काठमाडौंको सडकपेटीमा सुतेका एक जनाको मृत्यु भएको छ । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शंकरापुर नगरपालिका-६ को ढोल्लामा टिपरले किच्दा ४० वर्षीय प्रविण श्रेष्ठको मृत्यु भएको हो । स्थानीयका अनुसार, श्रेष्ठ सडकको पेटीमा सुतेका थिए ।
सडकमा सुतिरहेका श्रेष्ठलाई सोमबार राति १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेको थियो । श्रेष्ठको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।