logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ


अंकुरण खबर
1.599K
Shares

लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी विनोद सिलवालले जानकारी दिए ।

गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताइएको छ । गुरुङमाथि शनिबार साँझ केही अपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए । सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएक्री छन् ।