काठमाडौं – डिजेल र पेट्रोलको मूल्य घटेको छ ।
सोमबार राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत छ । नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।