logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुर्घटनामा घाइते सेनाका मेजरको सिलवालको मृत्यु


अंकुरण खबर
1.183K
Shares

सल्यानमा गत बुधबार नेपाली सेनाको गाडी दुर्घटना हुँदा घाइते भएका मेजरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते ३५ वर्षीय मेजर ईश्वर सिलवालको उपचारको क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै सेनाका जमदार यादव भडोलको मृत्यु भएको थियो । सो दुर्घटनामा ६ जना गम्भीर घाइते भएका थिए ।

सल्यानको कपुरकोट गाउँपालिकाको चोरखोलामा गत बुधबार सिमखर्कबाट दाङ जाँदै गरेको लु १ त १२३ नम्बरको नेपाली सेना सिमखर्क ब्यारेकको गाडी दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका सेनानी जयप्रकाश बोहरा, मोहन थापा, सिपाही विशाल गुरुङ, रेशम लित मगर र विपिन श्रेष्ठको उपचार भइरहेको छ ।