logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ


अंकुरण खबर
1.43K
Shares

गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीसँगै विवाद गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गएराती लाजिम्पाटबाट लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनी काभ्रेली गुन्डा समूहका सदस्य हुन् । उनले होटल सांग्रिलाबाट मादक पदार्थ सेवन गरेर जाने क्रममा प्रहरीसँग विवाद गरेको बताइएको छ ।

यस अधि विभिन्न पटक पक्राउ परेर छुट्दै आएका लामामाथि एक व्यक्तिको २५ लाखको चेक लुटेको उजुरी प्रहरीमा परेको थियो ।