प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालले गोप्य भेटवार्ता गरेका छन् ।
पछिल्लो समय पार्टी भित्र एक्लीदै गएका ओलीले सोमबार साँझ नेता नेपालसंग गोप्य भेट गरेको जनाइएको छ । एमसीसी लगाएतका विषयमा केन्द्रीय कमिटीमा ओलीलाई अल्पमतमा पारिएको छ ।
भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने तथा आपसी सहयोग आदानप्रादान गर्दै अघि बढ्ने बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल कर्णाली प्रदेश भेलामा कार्यकर्ता प्रशिक्षणका लागि मंगलबार विहान ८ बजे त्यसतर्फ प्रस्थान गर्नुअघि ओलीले बालुवाटारमै नेता नेपालसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।