logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्थानीयमा कोरोना भाइरसको त्रास हटाउन स्वास्थ्यमन्त्री र प्रजिअ खरिपाटी गए


अंकुरण खबर
819
Shares

चीनबाट उद्धार गरिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि त्यस क्षेत्रका स्थानीयले घर छाडेका छन् ।
स्थानीयको त्रासलाई हटाउन र सामान्य दैनिकीका फर्काउन मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल खरिपाटी जाँदैछन ।

चीनबाट ल्याएका व्यक्तिलाई खरीपाटीमा राखेपछि स्थानीयको भागभाग भन्ने खबर आएपछि सोमबार भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे जनचेतना जगाउन त्यस क्षेत्रमा पुगेकी छन् ।

स्थानीयमा पहिले धेरै त्रास भए पनि अहिले भने त्रास बिस्तारै हट्दै गएको र घर छोडेर गएकाहरुपनि घर फर्किएको प्रजिअ पाण्डेले बताइने ।